निफ्राको आईपीओमा १४ अर्बको आवेदन

Jan Mon 2021 05:48:31

2498 views

निफ्राको आईपीओमा १४ अर्बको आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले जारी गरिरहेको प्राथमिक सेयर(आईपीओ)मा हालसम्ममा करिब १४ अर्ब रूपैयाँकाे आवेदन परेको छ । आज(माघ ५ गते) ५ बजेसम्ममा १३ अर्ब ९९ कराेड ७३ लाख ७९ हजार रूपैयाँ बराबरको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको हो ।

क्यापिटलका अनुसार साे अवधिसम्म ११ लाख ६३ हजार ८० जना आवेदकले १३ कराेड ९९ लाख ७२ हजार ७९० कित्ताकाे लागि आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकाे भन्दा १.८४ गुणा बढी आवेदन हाे । कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर माग गरेकाे हाे ।