नेप्से ५.५७ अंकले घट्यो, ७ अर्ब ४६ करोडको कारोबार

Jan Tue 2021 06:29:20

575 views

नेप्से ५.५७ अंकले घट्यो, ७ अर्ब ४६ करोडको कारोबार

काठमाडौं । नेप्से साताको तेस्रो दिन  (मंगलबार)  ५.५७  अंकले घटेको छ ।  (सोमबार) नेप्से १७.३१ अंकले बढेको थियो । 

 नेप्से ५.५७ अंकले घटेर दुई हजार तीन सय २६ दशमलब ९० विन्दुमा थामिएको छ भने ७ अर्ब ४६ करोडको कारोबार भएको छ ।  

 नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ समूह बाहेक अन्य समूह घटेका छन् ।  

२०६ कम्पनीको १ करोड ६३ लाख ५ हजार १४१ कित्ता शेयर खरिद विक्री भएको छ 

 सर्वाधिक शेयर मूल्य वृद्धि गोर्खाज फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, प्रोग्रेशिभ फाइनान्स लिमिटेडको भएको छ । यी कम्पनीको १० प्रतिशतले शेयर मूल्य वृद्धि भएको हो । आ गोर्खाज प्रतिशेयर मूल्य ३५२ रुपैयाँ कायम भएको छ । त्यस्तै नेपाल फाइनान्सको २९७ रुपैयाँ र प्रोग्रेशिभ फाइनान्सको प्रतिशेयर मूल्य १६५ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ९१ करोड ९७ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये तीन वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा उद्योग समूह १.३५ प्रतिशत, फाइनान्स समूह ३.५७ प्रतिशत र जीवन बीमा समूह ३.५५ प्रतिशत रहेका छन् ।