Jan Fri 2021 12:10:52
चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको आईपिओ बाँडफाँड भएको छ ।
गोलाप्रथाबाट बाँडफाँड भएको आइपिओमा आवेदन गर्ने १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर पाएका छन् जसमा भाग्यमानी २ जनाले ११ कित्ता शेयर पाएका छन्।
Check IPO Result of Chandragiri Hills Limited
कम्पनीको आईपिओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। त्यस मध्ये ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएका छन् भने १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन स्वीकृत भएका छन्।
मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउएका छन्। बाँकी १० लाख ७१ हजार ५१५ जनाको खालि भएको छ।
आईपीओको नतिजा हेर्नको आईपीओको नतिजा हेर्नुपर्ने चन्द्रागिरी हिल्स छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID ) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सकिनेछ ।