एनसीसी बैंकको सेयर मूल्य बढाउन चलखेल भएको भन्दै बैंकलाई नेप्सेको स्पटीकरण

Jan Sun 2021 05:05:27

1138 views

एनसीसी बैंकको सेयर मूल्य बढाउन चलखेल भएको भन्दै बैंकलाई नेप्सेको स्पटीकरण

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक एनसीसी लिमिटेडको सेयर मूल्य बढाउन चलखेल भएको  नेपाल स्टक एक्सचेञ्जले समेत आशंका व्यक्त गरेको हो ।

आइतबार एनसीसी बैंकको सेयर मूल्य सर्किट ब्रेककै हाराहारीमा कारोबार भएको छ ।  आइतबार एनसीसी बैंकको ९.९७ प्रतिशतले सेयर मूल्य बढेर ३ सय ६४ रुपैयाँ पुग्यो ।यसलाई नेप्सेले अस्वभाविक भन्दै बैंकलाई स्पष्टिकरण सोधेको हो । यस अघिको कारोकारसम्म सामान्य रुपले नै अघि बढेको भए पनि आइतबार अस्वभाविक देखिएको नेप्सेले जनाएको छ ।

केहि दिन यता एनसीसी बैंक अब नविल बैंकमा मर्ज हुँदैछ भन्ने  हल्ला चलेको थियो । तर यो वास्तविक नभएर सेयर मूल्य बढाउनका लागि गरिएको चलखेलको आशंका नेप्सेले गरेको छ ।