‘टी प्लस टु’ लागू, अब शेयर बिक्री गरेको पैसा दुई दिनमै खातामा आउने

Jan Sun 2021 05:22:11

687 views

‘टी प्लस टु’ लागू, अब शेयर बिक्री गरेको पैसा दुई दिनमै खातामा आउने

काठमाडौं । सेयर कारोबारमा ‘टी प्लस टु’ कार्यान्वयनमा आएको छ । टी प्लस टु लागू भएपछि शेयर राफसाफ तथा फछ्र्यौ प्रक्रिया दुई दिनभित्रै सम्पन्न हुने भएको छ । 

नयाँ व्यवस्थाअनुसार अब धितोपत्रको बिक्री कारोबार गर्ने लगानीकर्ताले आफूले बेचेको धितोपत्रको राफसाफ तथा फछ्र्याैटका लागि ईडीआईएस जारी गर्दा कारोबार भएको मितिको भोलिपल्टै जारी गरि सक्नुपर्नेछ । अब सेयर खरिद गर्नेले दुई दिनभित्रै भुक्तानी दिनु पर्ने हुन्छ भने बिक्री गर्नेले पनि दुई दिनभित्रै कारोबार सेटल गरिसक्नु पर्ने हुन्छ ।

यदि यो सम्भव भएन भने कारण खुलाएर ईडीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले कारोबार भएको मितिको भोलिपल्ट (टी प्लस वान) भित्र भौतिक निर्देशन पुर्जी जारी गरी सम्बन्धित शेयरधनीलाई बुझाउनु पर्नेछ ।

यसअघि ‘टी प्लस थ्री’ कार्यान्वयनमा रहेको थियो । तीन दिनभित्र कारोबार सम्पन्न हुने चक्रिय प्रणालीलाई ‘टी प्लस थ्री’ र दुई दिनभित्र सम्पन्न हुने राफसाफ प्रक्रियालाई टी प्स टु’ भनिएको हो । 

यो व्यवस्था लागू भएपछि कारोबार भएको तेस्रो दिन अर्थात पर्सीपल्ट नै राफसाफ तथा फछ्र्याैट हुने सीडीएसका प्रमख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताए । ‘