म्यानमारमा सैनिक कु : बैंक तथा वित्तिय संस्थाहरू बन्द, एटिएम सेवा पनि बन्द

Feb Mon 2021 08:38:36

853 views

म्यानमारमा सैनिक कु : बैंक तथा वित्तिय संस्थाहरू बन्द, एटिएम सेवा पनि बन्द

काठमाडौं। म्यानमारको सेनाले देशमा अबको एक वर्षको लागि सैनिक शासन र संकटकालीन अवस्था लागू रहने घोषणा गरेको छ । देशकी सर्वोच्च नेता आङ साङ सुकीसहित सत्ताधारी पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का नेताहरुलाई गिरफ्तार गरिएको छ ।

म्यानमारका बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमले समेत काम नगरेको उपभोक्ताले जानकारी दिएका छन् ।

सेनाले नेताहरूलाई थानामा राख्दै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेपछि बैंकहरूको सेवासमेत बन्द भएको हो । सेनाले सत्ता नियन्त्रणमा लिएपछि इन्टरनेट सेवासमेत अवरुद्ध गरिदिएकाले पनि एटीएमले काम नगरेको हुनसक्ने उपभोक्ताको भनाइ छ ।

केही बैंकहरूले फेब्रुअरी १ देखि अनिश्चितकालसम्मका लागि बैंकको सेवा बन्द गरिएको सोमबार नै घोषणा गरेका छन् । इन्टरनेट सेवा अवरुद्ध भएकाले बैंक बाहेक पनि अरु दर्जनौँ क्षेत्रमा असर परेको स्थानीयले बताएका छन् । सैन्य शासकहरूले सबैलाई सञ्चार सम्पर्क विच्छेद गराइदिएका छन् । एएनआई