अब विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृती लिनु नपर्ने

Feb Tue 2021 08:20:00

498 views

अब विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृती लिनु नपर्ने

बैंक टू बैंक’ ल्याउँदा पूर्व स्वीकृति नचाहिने

काठमाडौं । अब नेपालमा विदेशी लगानी भित्र्याउनको लागि नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृती नचाहिने भएको छ ।

राष्ट्र बैंकको पूर्व स्वीकृती नलिई विदेशी लगानी नेपालमा भित्र्याउनै नपाइने अहिलेको व्यवस्थामा परिमार्जन गर्दै विदेशी लगानी स्वीकृत गर्ने नियायबाट स्वीकृती लिएपछि भने राष्ट्र बैंकको पूर्व स्वीकृती गर्न लागिएको हो ।

 नेपाल राष्ट्र बैंकले सुझावका लागि सार्वजनिक गरेको विदेशी लगानी तथा ऋण व्यवस्था विनियमावली २०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

जारी विनियमावलीका अनुसार अब कुनै उद्योग वा कम्पनीको दर्ता लगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च वाफतको विदेशी मुद्रा इभ्छुक विदेशी लगानीकर्ताले बैंकिङ प्रणाली मार्फत नेपाल पठाउन लगानीको पूर्व स्वीकृती अनिवार्य नहुने जनाएको हो ।

राष्ट्र बैंकका विदेशी विभागका प्रमुख बमबहादुर मिश्रले विदेशी लगानी आकर्षित गर्नको लागि नयाँ व्यवस्था गर्न लागिएको बताए । अहिले विदेशी लगानी भित्र्याउँदा धेरै निकायहरुमा स्वीकृती लिनु पर्ने र त्यसैको कारण लगानीकर्ता हतोत्साहित हुने देखिएपछि नयाँ व्यवस्था गर्न लागिएको मिश्रको भनाई छ ।