बैंक र बीमाका कर्मचारीलाई कोभिड खोप लगाइदै, सरकारले माग्यो कर्मचारी विवरण

Feb Sat 2021 01:45:27

827 views

बैंक र बीमाका कर्मचारीलाई कोभिड खोप लगाइदै, सरकारले माग्यो कर्मचारी विवरण

काठमाडौं । सरकारले तेस्रो चरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीलाई कोभिड –१९ विरुद्धको खोप लगाउने भएको छ । फागुन २ गतेदेखि तेस्रो चरणको खोप लगाउन सुरु गर्ने तयारी सरकारको छ ।

तेस्रो चरणमा बढी भिडभाड हुने सरकारी कार्यालय जिल्ला प्रशासन कार्यालय, मालपोत, पालिकाहरुका सबै कार्यालयहरुमा काम गर्ने कर्मचारी, बैंकका तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुलाई खोप लगाउने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

तेस्रो चरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीलाई खोप लगाउनको लागि सरकारले प्रक्रिया थालेको छ । खोप लगाउनको लागि यो क्षेत्रमा रहेका कर्मचारीको विवरण सरकारले मागेको छ ।

बैंकिङ क्षेत्रका कर्मचारीलाई खोप लगाउनको लागि स्वास्थ्य मन्त्रालयले कर्मचारीको विवरण मागेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले जानकारी दिए । मन्त्रालयले एसोसिएसन मार्फत कर्मचारीको विवरण मागेको हो ।