जेठ २० वाट निषेधाज्ञा खुकुलो बनाइने, बैंक तथा वित्तीय संस्था सबै खोल्न दिइने

May Mon 2021 11:43:53

704 views

जेठ २० वाट निषेधाज्ञा खुकुलो बनाइने,  बैंक तथा वित्तीय संस्था सबै खोल्न दिइने

संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएको देखिएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको एक महिनामा अब महामारी विस्तारै घट्दै गएको देखिएको छ । करिब एक महिना अघि लागू गरेको निषेधाज्ञा अब जेठ २० गतेसम्मका लागि जारी छ ।

जेठ २० गतेपछि खाद्यान्न र किराना पसल भने बिहानको समयमा खोल्ने तयारी छ । २० गतेसम्म तरकारी पसलबाहेक अन्य सबै पसल बन्द गर्ने प्रशासनको निर्णय छ । यसबाहेक बैंक तथा वित्तीय संस्था समेत अहिलेको भन्दा केही बढी मात्रामा खुलाउन दिने तयारी छ ।