एक महिनामै करिब ११ प्रतिशतले बढ्यो राजस्व संकलन

Feb Tue 2021 06:09:04

1104 views

एक महिनामै करिब ११ प्रतिशतले बढ्यो राजस्व संकलन

काठमाडौं । सरकारको राजस्व संकलन एक महिना अवधमै करीब ११ प्रतिशत बढेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् पुस मसान्तसम्ममा कुल ३ खर्ब ८८ अर्ब ५१ करोड राजस्व संकलन भएको थियो, जुन निर्धारित लक्ष्यको १० खर्ब ११ अर्ब ७५ करोडको ३८.४० प्रतिशत थियो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार माघ मसान्तसम्ममा भने राजस्व संकलन ४ खर्ब ९८ अर्ब ३८ करोड पुगेको छ । यो वार्षिक लक्ष्यको ४९.२६ प्रतिशत हो ।

संकलित राजस्व गत आवको सोही अवधिको तुलनमा पनि बढी हो । गत आवको माघसम्ममा ४ खर्ब ९२ अर्ब २८ करोड राजस्व संकलन भएको थियो, जुन लक्ष्यको ४४.२७ प्रतिशत थियो ।

कार्यालयका अनुसार चालू आवको ७ महिनामा ४ खर्ब ५७ अर्ब ९६ करोड कर राजस्व संकलन गरेको छ । यो लक्ष्यको ५०.१६ प्रतिशत हो । यस्तै सोही अवधिमा ४० अर्ब ४२ करोड गैरकर राजस्व संकलन गरेको छ । सरकारले चालू आर्थिक वर्षमा कर राजस्व ९ खर्ब १२ अर्ब ९४ करोड र ९८ अर्ब ८० करोड गैरकर राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।