कुमारी बैंकले ठमेलका व्यवसायीलाई बिनाधितो ऋण दिने

Feb Thu 2021 08:25:52

662 views

कुमारी बैंकले ठमेलका व्यवसायीलाई बिनाधितो ऋण दिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले ठमेलका पर्यटन व्यवसायीलाई लक्षित गरी ‘कोभिड–१९ प्रभावित ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा’ योजनामा ल्याएको छ । अर्काे बैंकबाट ऋण नलिएका कोभिड महामारी अगाडि लगातार २ वर्षसम्म नाफामा रहेका व्यवसायलाई बैंकले उक्त योजना अन्तर्गत सामूहिक ऋण उपलब्ध गराउँने भएको हो ।

बिहीबार (आज) पर्यटन व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा कुमारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनिश तिमल्सिनाले अर्काे बैंकबाट ऋण लिएका पर्यटन व्यवसायीहरुलाई बैंकले विना धितो ऋण उपलब्ध गराउँने बताए ।

ऋण प्राप्त गर्नका लागि ३ जनाको समूह बनाउँनु पर्नेछ । यो ऋणका लागि २ किसिमका व्याजदर कायम गरिनेछ । एक वर्ष सम्म एउटै व्याजदर कायम गर्न चाहाने व्यवसायीले १० प्रतिशमा ऋण प्राप्त गर्न सक्नेछन् भने बैंकको आधार रेटमा २ देखि ४ प्रतिशतसम्म व्याजदर कायम गरेर पनि ऋण उपलब्ध गराइने छ । आधार रेटमा लगाइएको व्यजदर प्रत्यक महिना परिवर्तन हुने बैंकले जनाएको छ । ऋणको लागि आवश्यक सहजीकरण ठमेल पर्यटन विकास परिषदले गर्नेछ । कुमारी बैंकले व्यवसाय धितोमा राखि पर्यटन व्यवसायीलाई १५ लाख रूपैयाँ ऋण उपलब्ध गराउँन ठमेल पर्यटन विकास परिषदसँग सम्झौता गरेको छ ।