मेलम्चीको पानी सुरूङमा पानी पठाइयो , पानीको बहाब बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह !

Feb Mon 2021 05:10:08

मेलम्चीको पानी सुरूङमा पानी पठाइयो ,  पानीको बहाब बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह !

काठमाडौं । मेलम्चीको पानी सुरूङ मार्गमा पानी प्रवेश गराउन युवा तथा खेलकुद मन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संयुक्त रुपमा गरेका थिए । 

हाललाई अस्थायी बाँध बनाएर सुरूङ मार्गमा पानी पठाउन थालिएको छ। सुरूङमा प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटरका दरले पानी प्रवाह गरिएको छ। सुरूङ २६ किलोमिटरको छ।

सुरूङमा पानी पठाउन सुरू गरेपछि मेलम्ची खोला, अडिट टनेल रहेको स्थान सिन्धु, ग्याल्थुमलगायत क्षेत्रमा कुनै पनि बेला पानीको बहाब बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।

यसभन्दा पहिला खानेपानी मन्त्री विना मगरका पालोमा पनि गत असारमा सुरूङ परीक्षण गर्दा दुर्घटना भएर आयोजनाका दुई  कर्मचारीको मृत्यु भएको थियो।