संयुक्त लगानीमा १० अर्बको नेपाल स्टक डिलर कम्पनी सञ्चालनमा आउदै

Feb Thu 2021 06:30:23

865 views

संयुक्त लगानीमा १० अर्बको नेपाल स्टक डिलर कम्पनी सञ्चालनमा आउदै

काठमाडौ । कर्मचारी सञ्चयकोषको संयोजनमा सरकारी क्षेत्रका चारवटा संस्था मिलेर १० अर्ब रुपैयाँको नेपाल स्टक डिलर कम्पनी आउने भएको छ । कर्मचारी संचयकोष, सामाजिक सुरक्षा कोष, राष्ट्रिय बीमा संस्थान तथा राष्ट्रिय बीमा कम्पनी मिलेर उक्त स्टक डिलर कम्पनी ल्याउन लागेका हुन् । 

१० अर्बको कम्पनी खोल्ने प्रस्ताव गरिएको सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले बताए । सो पुँजीको कम्पनी स्थापना गर्नको लागि उक्त कम्पनीमा कर्मचारी संचयकोषको २५ प्रतिशत लगानी रहने छ भने अन्य तीन संस्थाको १५/१५ प्रतिशत लगानी रह्ने  पन्थीले जानकारी दिए । 

सामाजिक सुरक्षा कोष ऐनले अहिलेको पोटफोलियोका २० प्रतिशत लागनी गर्न पाउने प्रावधान भएकोले अब छिट्टै धितोपत्र बजारको दोस्रो बजारमा प्रवेश गर्ने योजना पनि सामाजिक सुरक्षा कोषले बनाएको छ । पछिल्लो समय कोषमा योगदान गराउनेको संख्या थपिदै गएको कोषका सहप्रवक्रा रोहित रेग्मीले जानकारी दिए ।