चन्द्रागिरीकोसेयर मूल्य ४१३ प्रतिशतले बढ्यो , बजार पुँजीकरण १० अर्बमाथि

Mar Sun 2021 07:16:39

909 views

चन्द्रागिरीकोसेयर मूल्य ४१३ प्रतिशतले बढ्यो , बजार पुँजीकरण १० अर्बमाथि

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको  सेयर मूल्य निरन्तर रुपमा बढिरहेको छ ।  बजारमा प्रवेश गरेकाे पहिलो दिन अर्थात पहिलाे कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता १६१ रुपैयाँमा कारोबार भएको थियो । जुन नेप्सेले तोकेको अधिकतम रेञ्ज भन्दा १२९ रुपैयाँ कम हो । नेप्सेले कम्पनीलाई न्युनतम प्रतिकित्ता ९६.६९ रुपैयाँ र अधिकतम २९०.०७ रुपैयाँ तोकेको थियो । सोहि दिन अन्तिम कारोबारसम्ममा कम्पनीको सेयर मूल्य ३ रुपैयाँले बढेर प्रतिकित्ता १६४ रुपैयाँ पुग्यो ।

उच्च उतारचढाव देखिएको बजारमा पछिल्लो एक सातामा कम्पनीको सेयरमा निरन्तर सकारात्मक सर्किट लागिरहेको छ ।

(फागुन २३ गते) पनि कम्पनीको सेयर मूल्य भने बढेर सर्किट लेभलमा कारोबार भएको छ । आइतबार प्रतिकित्ता ६०५ रुपैयाँमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले बढेर प्रतिकित्ता ६६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन शुरुवाती मूल्यभन्दा ४१३.०४ प्रतिशतले बढी हो ।

त्यस्तै, बजार पुँजीकरण १० अर्ब २० करोड रुपैयाँ नाघेको छ । नेप्सेमा कम्पनीको एक करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर सूचीकृत भएको कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

मल्टी पोखरा डेभलपमेन्ट प्रा.लि. को नाममा रहेको जग्गामा चन्द्रागिरी हिल्स लिमिटेडको बटम स्टेशन संरचना बनाउन उपभोग गरिएको र भावी दिनमा उक्त कम्पनीलाई चन्द्रागिरी हिल्स लिमिटेडमा नै गाभ्ने रणनीति लिएको छ । चन्द्रागिरी हिल्स प्याराग्लाईडिङ्ग लि.को हकमा निकट भविश्यमा नै कम्पनीको उद्देश्य अनुरुप प्याराग्लाईडिङ्गको सम्भाब्यता अध्ययन गरी सेवा सञ्चालन गर्ने रणनीति रहेको छ ।