१० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि पुनरकर्जा पाउने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

Mar Sun 2021 07:24:31

582 views

१० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि पुनरकर्जा पाउने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

काठमाडौं । अब १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि सरकारले उपलब्ध गराएको पुनरकर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गर्दै १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि पुनरकर्जा पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले एक खर्बमाथि पुनर्कर्जाका लागि स्रोत उपलब्ध रहेकाले कोभिड १९ प्रभावित व्यवसायी अनुसार थप लगानी गर्न कार्यधि संशोधन गरिएको बताइएको हो ।

राष्ट्र बैंकले शंसोधन गरेको पुनरकर्जा कार्यविधिमा इजाजत पत्र प्राप्त संस्थाले पुनरकर्जाको आवेदन पेश गर्दा ग्राहक ऋणीको कर्जा वर्गिकरण, कर्जा प्रवाह मिति, कर्जा भुक्तान मिति र कर्जाको व्याजदर स्पष्ट रुपमा खुलाउनुको अतिरिक्त कुन प्रकारको पुनरकर्जाको लागि आवेदन पेश गरेको हो सो व्यहोरा स्पष्ट रुपमा किटान गरी पेश गरे पुनरकर्जा दिन सक्ने उल्लेख गरेको छ ।