काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रयोजनको लागि गरिएको अध्ययन प्रतिवेदन छलफलमै सीमित हुने देखिएको छ ।
सातामा २ दिँदा राज्यको ढुकुटीमा १ अर्ब ६४ करोड ९१ लाख बचत हुने अध्ययन अध्ययन प्रतिवेदनले देखाएको छ । सातामा दुई दिन विदा हुँदा विभिन्न शीर्षकमा १६ देखि २० प्रतिशतसम्म खर्च कटौती हुने सरकारी अध्ययन प्रतिवेदनले देखाएको हो ।
आव २०७७/७८ को बजेटमा सामान्य अनुमान गर्दा हप्तामा दुई दिनको सार्वजनिक बिदा दिने व्यवस्थाले वर्षभरिमा इन्धन, विद्युत्, पानी तथा सरसफाइ, यातायात शीर्षकमा करिब १६ देखि २० प्रतिशतसम्म खर्च कटौती हुने सरकारी अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समितिले निजी क्षेत्रमा समेत यो बिदा दिने प्रस्ताव लाभदायक हुने बताएको छ । निजी क्षेत्रले यस प्रकारको प्रावधान कार्यान्वयन गर्दा घरभाडा बाहेकका अन्य सञ्चालन खर्च कटौती गर्नसक्ने प्रतिवेदनमा उल्लेख छ ।
समितिले प्रतिवेदनमा दुई दिने बिदा प्रस्ताव उपयुक्त हुने केही निश्चित कारण पनि पेस गरेको गरेको छ । सुझाव तथा प्रतिक्रियाका लागि सार्वजनिक गरिएको प्रतिवेदनमा दुई दिने बिदाले उत्पादकत्व बढ्ने, आन्तरिक पर्यटन प्रवद्र्धन हुने, लैङ्गिक समानता कायम गर्न सहयोग पुग्ने, व्यक्तिगत जीवन सन्तुलित हुने, पारिवारिक सामीप्यता कायम हुने र पर्यावरणमा समेत सकारात्मक प्रभाव पर्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनमा अन्तर्राष्ट्रिय अभ्यासलाई केलाएकोे छ । विदेशमा पाँच दिनमा नै कर्मचारी र श्रमिकबाट ४० घण्टाको काम लिने र हप्तामा दुई दिन बिदा दिने प्रावधान रहेको उदाहरण पेस गरेके छ । तर, नेपालमा ४० घण्टाकै कामका लागि कर्मचारी र श्रमिक हप्तामा छ दिन कार्यालय गएपनि अनुत्पादक देखिएको छ ।
५ दिनमा ४० घण्टा कार्यालय समय र २ दिन सार्वजनिक विदा दिने विषयमा सरकारले निर्णय गरेमा निजामती, सैनिक, प्रहरी, सशस्त्र प्र्रहरी, सरकारी तथा सामुयायिक विद्यालयका शिक्षक तथा विश्व विद्यालयका प्राध्यापक एवम् सरकारी संस्थानहरूमा करिब ५ लाख कर्मचारी विदा पाउने छन् भने निजी क्षेत्रबाट १० लाख कर्मचारीले पनि सातामा २ दिन विदा गर्दा सातामा १ दिन आराम गरेपनि अर्कोदिन घुमफिरमा निस्कने छन् ।
यसरी घुमफिरमा निस्कदा आफूमात्रै ननिस्की परिवार र छरछिमेक समेतमा यसको प्रभाव पर्ने हुँदा यसले आन्तरिक पर्यटनमा प्र्रवद्र्धन गर्न सहयोग मिल्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अहिले नेपालमा आइतबारदेखि बिहीबारसम्म सातामा ५ दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय सञ्चालन हुँदै आएको छ भने शुक्रबार १०ः०० देखि ३ः०० बजेसम्म सञ्चालन हुने हुने गरेको छ ।
पाँच कार्यदिनमा दैनिक एक÷एक घण्टाको दरले समय बढाइदिँदा सेवाग्राहीले अनावश्यक कुर्न नपर्ने र छ दिनमा हुने काम पाँच दिनमा सम्पन्न हुने बताइ्रएकोे छ । सातामा ६ दिन कार्यालय जानका लागि तयार हुने र बाटामो बित्ने समयको समेत हिसाव गर्दा सातामा १२ घण्टा त्यतिकै खेरा गएको प्रतिवदेनमा उल्लेख गरिएको छ । विश्वका तथ्यांक उपलब्ध भएका देशमध्ये ९१ प्रतिशत देशमा सातामा दुई दिन विदा हुने व्यवस्था छ भने एशियाका ४३ देशमध्ये ३८ देशमा सातामा दुई दिन विदा हुने गरेको छ । सार्कका ८ देशमध्ये नेपालमा मात्रै सातामा १ दिनमात्रै विदा हुने गरेको छ । दुई दिन बिदा हुँदा घुमघाममा निस्कने आन्तरिक पर्यटन प्रवद्र्धन हुने प्रतिवेदनमा दाबी गरिएको छ । कोरोना महामारीबाट शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन यसले सहयोग पुग्ने जनाइएको छ ।
सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालिन सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको अध्ययन समितिले उक्त प्रतिवेदन तयार करिब ३ महिना अघि तयार पारेको थियो