फेरि लकडाउन हुने ! यस्तो छ गृह मन्त्रालयको तयारी ?

Mar Wed 2021 08:24:49

644 views

फेरि लकडाउन हुने ! यस्तो छ गृह मन्त्रालयको तयारी  ?

काठमाडौं । सर्वसाधारण फेरि लकडाउनको त्रासमा परेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फेरि बढेसँगै सरकारले फेरि लकडाउन गर्ने होकि भन्ने त्रासमा सर्वसाधारण परेका हुन् ।

कोरोना विरुद्दको खोप आएर केही शान्त्वना महसुस गरेका सर्वसाधारणहरु छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा बढेसँगै फेरि नेपालमा पनि पुरानै अवस्था दोहोरिने होकि भन्ने त्रासमा रहेका छन् । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि सरकारसँग लकडाउनका विकल्प हुँदैन ।

भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा पनि बढ्न सक्ने र सरकारले कतै लकडाउन त गर्ने होइन भन्ने प्रश्न जनस्तरबाट उठ्न थालेको छ । कोरोना संक्रमणको एक वर्ष पूरा भइसक्दा पनि अझै जोखिम उस्तै छ । भारतमा दैनिक ४० हजारभन्दा बढी संक्रमित हुन फेला पर्न थालेका छन् ।

गत वर्ष पनि भारतमा कोरोना संक्रमितको संख्या बढसँगै पछि नेपालमा पनि बढेका थिए । फेरि त्यही अवस्था दोहोरिने त होइन भन्ने आँकलन धेरैको छ । गृह मन्त्रालय भने तत्काल लकडाउनको कुनै पनि तयारी नभएको बताउँछ । गृहमन्त्रालयका सुचना अधिकारी खुमकान्त आचार्यले तत्कालै लकडाउनको योजना नभएको बताए ।

 सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै भीडभाड हुने कार्य नगर्न/नगराउन अनुरोध गरिसकेको छ ।

यस्तै सरकारले काेराेना भाइरसकाे संक्रमण बढ्दै गएकाेले विभिन्न जिल्ला तथा स्वास्थ्य संस्थाहरुलाई क्वारेन्टिन र आइसाेलेसनकाे व्यवस्था गर्न पनि निर्देशन दिएकाे छ ।