काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर, घरबाहिर ननिस्कन चिकित्सकको सुझाव

Mar Sat 2021 10:17:08

834 views

काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर, घरबाहिर ननिस्कन  चिकित्सकको  सुझाव

काठमाडौं । काठमाडौं उपत्यका विश्वकै दोस्रो प्रदूषित शहर बनेको छ । गत शुक्रबारदेखि निरन्तर रुपले काठमाडौं प्रदूषणको उच्च जोखिममा रहेको छ । 

 काठमाडौंको एयर क्वालिटी इन्डेक्स २४० रहेको छ । काठमाडौं यसअघिदेखि निरन्तर प्रदूषित हुँदै आए पनि पछिल्ला केही दिनदेखि मुलुकका ४०० भन्दा बढी जंगलमा लागेको डढेका कारण थप प्रदूषित भएको हो । 

यसले स्वासप्रश्वासमा गम्भीर असर पारेको छ । चिकित्सकहरु घरबाहिर ननिस्कन सुझाव दिन्छन् । निस्कनै परे अनिवार्य मास्क लगाउन आग्रह गरिरहेका छन् । 

झ्यालढोकासमेत बन्द गरेर बस्न पनि उनीहरुले सुझाएका छन् । उपत्यकाभित्र प्रदूषण पसेपछि लामो समय रहिरहने भएकाले पनि यसले असर गरेको छ । 

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत कोरोना भाइरसकोे महामारीलाई ध्यानमा राखेर सामूहिक होली नखेल्न पनि आग्रह गरेको छ ।