अरुण भ्यालीले ५० प्रतिशत हकप्रद शेयरमा वैशाख ६ देखि

Apr Sat 2021 03:22:57

अरुण भ्यालीले ५० प्रतिशत हकप्रद शेयरमा वैशाख ६ देखि

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले आउँदो वैशाख ६ गतेदेखि साढे ५२ करोड रुपैयाँबराबरको हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको ५० प्रतिशत अर्थात १ः०.५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद निष्कासन गर्नेछ। हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँ रहेको छ ।

धितोपत्र बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। यो हकप्रदमा आउँदो वैशाख २६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। अरुण भ्याली हाइड्रोपावरको हकप्रदलाई नेपाल धितोपत्र बोर्डले गत फागुन २५ गते निष्कासन अनुमति दिएको थियो।