भारत कोरोनाको हटस्पट , एकैदिन १.२६ लाख नयाँ संक्रमित थपिए

Apr Wed 2021 07:28:09

736 views

भारत कोरोनाको हटस्पट , एकैदिन १.२६ लाख नयाँ संक्रमित थपिए

काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। संक्रमितको संख्या बढ्दै जानुले विश्वमै भारत कोरोना महामारीको हटस्पट बन्दै गएको छ। 

पछिल्लो २४ घन्टाको अवधिमा भारतमा १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ। हालसम्म भारतमा एकैदिन यति धेरै संक्रमित फेला परेका छैनन्। 

संक्रमितको संख्याको हिसाबले केही दिनयता भारतले अतिप्रभावित अमेरिका र ब्राजिललाई समेत पछि पारेको छ। पछिल्लो २४ घन्टामा ब्राजिलमा ९० हजार र अमेरिका ७५ हजार संक्रमित फेला परेका छन्। 

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि दैनिक उकालो लागिरहेको छ। पछिल्लो २४ घन्टामा भारतमा ६८५ जना संक्रमितको मृत्यु भएको छ। यो गत नोभेम्बर ४ यताकै सबैभन्दा धेरै हो।