काठमाडौं । नेपाल राष्ट्र बैंकले चलनचल्तिमा रहेको चौथो संस्करणका कतारी रियाल नेपालमा बैशाख २७ गतेदेखी नचल्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कतार केन्द्रीय बैकंले निष्काशन गरेका हाल चलनचल्तिमा रहेका चौथो संस्करणका कतारी रियाल बैंक नोटहरु उक्त बैंकले बैशाख २७ पश्चात चलनचल्तीबाट हटाउने निर्णय गरेको हो ।
आफुसँग भएका त्यस्ता नोटहरु २०७८ वैशाख २७ गतेभित्र प्रचलित व्यवस्था बमोजिम यस बैंक विभाग, बैकिङ कारोबार गर्ने यस बैंकका प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमयको कारोबार गर्न यस बैंकबाट इजाजतपत्र प्राप्त मनिचेञ्जरहरुबाट सटही गर्नु हुन सम्बन्धित सबैको लागि सूचना नेपाल राष्ट्र बैंकले जारी गरेको छ ।