एकैदिन कोरोनाबाट नेपालमा ११ जनाको मृत्यु, थप १६६७ जना नयाँ संक्रमित

Apr Tue 2021 09:11:37

765 views

एकैदिन कोरोनाबाट नेपालमा  ११ जनाको मृत्यु, थप १६६७ जना नयाँ  संक्रमित

काठमाडौं । नेपालमा १६६७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १६६७ जना नयाँ संक्रमित थपिएका हुन् ।     
        
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ८७ हजार ७५६ रहेको छ । संक्रमित मध्ये दुई लाख ७५ हजार ८०६ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या आठ हजार ६५९ रहेको छ ।   
      
पछिल्लो २४ घण्टामा २५१ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ११ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३१०२ पुगेको छ ।