एकैदिन २३ सय ५१ जनामा कोरोना संक्रमण, काठमाडौंमा ७८६ जना संक्रमित

Apr Wed 2021 07:33:10

455 views

एकैदिन २३ सय ५१ जनामा कोरोना संक्रमण, काठमाडौंमा ७८६ जना संक्रमित
काठमाडौं : नेपालमा बुधबार थप २३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८४४ नमूनाको पिसिआर परीक्षण र ८०३ जनाको एन्टिजेन परीक्षण भएको थियो । त्यसमध्ये पिसिआर विधिबाट २ हजार २ सय २० जना र एन्टिजेन विधिबाट १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा भक्तपुरमा ८४, ललितपुरमा १८१ र काठमाडौंमा ७८६ जना संक्रमित थपिएका छन् । गत २४ घण्टामा २८७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।