Salute Dr Binod पीपीईमा १६ घण्टासम्म, आफ्नै आँखा अगाडि कोरोनाले सात जनाले ज्यान गुमाउनु परेको दृश्य

Apr Tue 2021 09:41:17

782 views

Salute Dr Binod पीपीईमा १६ घण्टासम्म, आफ्नै आँखा अगाडि कोरोनाले सात जनाले ज्यान गुमाउनु परेको दृश्य

काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डा। विनोद प्याकुरेलको हात्केला चाउरी परेको र पटपटी फुटेको छ ।

दैनिक १६ घण्टाभन्दा बढी समय पञ्जा (ग्लोब्स) लगाउँदा हात बाफिएर यस्तो भएको  प्याकुरेल बताउँछन् ।

डा। प्याकुरेलको हातमात्रै होइन फेस सिल्डका कारण अनुहार अगाडिको भाग र पीपीईका कारण शरीरका अन्य भागमा समेत यस्तो असर देखिएको छ ।

लगातार सात दिनसम्म उनी दैनिक १६ घण्टाभन्दा बढी खटिए । भोक, प्यास, निद्रा नभनी संक्रमितको उपचारमा खटिँदा अहिले उनी आफैं संक्रमित पनि भएका छन् । 

बेडमा छट्पटाइरहेका विरामीको चित्कार र पीडामा मलम लगाउन यताउता दौडँदा दौडँदै समय बितेको पत्तो नभएको डा। प्याकुरेल बताउँछन् ।

उपचाररत संक्रमितको मृत्यु हुँदा अन्य बिरामीमा पनि त्रास देखिने डा। प्याकुरेल बताउँछन् ।

‘बेडमा कोही छटपटाइरहेका हुन्छन् । कोही कराइरहेका हुन्छन् । सास फेर्न गाह्रो भयो भनेर हामीलाई बोलाइरहेका हुन्छन्,’ डा। प्याकुरेल भन्छन्, ‘थोरैलाई बचाउन नसकिए पनि धेरैको जीवन बचाएर घर फर्काउन पाउनुलाई ठूलो युद्ध जितेको ठानेका छौं ।

एकसातामा आफ्नै आँखाको अगाडि कोरोनाले सात जनाले ज्यान गुमाउनु परेको दृश्य मानसपटलमा अझै ताजै रहेको भन्दै उनले अनुशासित भएर स्वास्थ्य मापदण्ड पालन गर्न सबैसँग आग्रह गर्छन् ।