बिहान १० देखि दिउँसो २ बजेसम्म मात्र बैंक खुल्ने

Apr Wed 2021 07:01:02

524 views

बिहान १० देखि दिउँसो २ बजेसम्म  मात्र बैंक खुल्ने

काठमाण्डाैं उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुला हुने भएका छन्। निषेधाज्ञा लागेका  उपत्यकाका तीन जिल्लामा  बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएकाे हाे ।

 राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलमा याे सहमति भएकाे छ । 

काेराेनाकाे संक्रमणको अवस्थालाई हेरेर पछि निर्णय गरिने बताइएकाे छ । बैंकका एटीम भने साविककै जस्तै खुला रहने छन् ।