कोरोनाबाट सात जना पत्रकारको निधन, ५५० जना सङ्क्रमित

May Mon 2021 06:09:23

654 views

कोरोनाबाट सात जना पत्रकारको निधन, ५५० जना सङ्क्रमित

काठमाडौं । कोभिड—१९ को सङ्क्रमण ५५० पत्रकारलाई देखिएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी दिए ।

सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनले कोरोना सङ्क्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसंँग माग गरेका छन् ।

विज्ञप्तिमा संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह गरिएको छ ।