सलाम छ ! ती स्वास्थ्यकर्मीलाई जसले आफ्नो जीवनको प्रवाह नगरी अरुलाई बचाउन खटिरहेका छन्

May Fri 2021 06:50:41

793 views

सलाम छ ! ती स्वास्थ्यकर्मीलाई जसले आफ्नो जीवनको प्रवाह नगरी अरुलाई बचाउन खटिरहेका छन्

दिनहुँ हजारौको संख्यामा थपिएका सक्रिय संक्रमितका कारण अस्पतालहरुमा शैयाको अभाव छ । भर्ना पाउनै मुस्किल परेका बिरामीका लागि हेरचाह र उपचारमा संलग्न स्वास्थ्यकर्मीको पनि उत्तिकै अभाव छ । एकै स्टाफ नर्सले दैनिक ३० देखि ४० बिरामीलाई औषधी खुवाउने र अरु काम गर्नु पर्ने भए पछि त्याहाँका स्वास्थ्यकर्मीको पीडा स्टाफ नर्स प्रिति खड्काको तस्वीरले अभिव्यक्ति गरीरहेको छ ।

आफू महिनावारी भएको अवस्थामा समेत पिपिई लगाएर बिरामीको उपचारमा खट्नु पर्दाको पीडा कति होला ? उनी मात्र हैन सक्रिय संक्रमितले भरिएका भेरी अस्पताल लगायतका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको बेहाल भईरहेको छ ।


यस्तै नेपालगन्ज मेडिकल अस्पतालका मेडिकल अफिसर डा. पुरुषोत्तम बर्मा आफैं संक्रमित छन् । लक्षण देखिएकाले स्लाइन चढाएर पनि उनी अरु संक्रमितको जीवन रक्षामा खटिएका छन् । यसले स्वास्थ्यकर्मीको महानतालाई प्रदर्शित गरीरहेको छ । यसैले यसरी अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गर्न राज्य र नागरिक तयार हुनु पर्छ । सलाम छ ती महान स्वास्थ्यकर्मीहरुलाई जसले आफ्नो जीवनको प्रवाह नगरी अरुको रक्षामा खटिरहेका छन् ।