अब अक्सिजन तुरुन्तै पाइने, अक्सिजन चाहिए टोलफ्री नम्बर ११४० मा सीधै सम्पर्क गर्नुहोस्

May Sun 2021 05:49:43

810 views

अब अक्सिजन तुरुन्तै पाइने, अक्सिजन चाहिए  टोलफ्री नम्बर ११४० मा सीधै सम्पर्क गर्नुहोस्

काठमाडौं : सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ ।  कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा सङ्क्रमितका उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

सर्वसाधारणलाई कोभिड–१९ महामारीमा कुनै समस्या भए केन्द्रले तीन हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार पाण्डेका अनुसार सर्वसाधारणलाई  ०१–४२७१७३०, ०१–४२८६६६० र टोलफ्री नम्बर ११४० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।