काठमाडौंमा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियो, अब घरबाहिर समेत निस्कन नपाइने

May Mon 2021 07:52:10

546 views

काठमाडौंमा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियो, अब घरबाहिर समेत निस्कन नपाइने

काठमाडौं । काठमाडौंमा फेरि निषेधाज्ञाको समयावधि थप गरिएको छ ।  जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) काठमाडौंको बैठकले  निषेधाज्ञाको अवधि १५ दिन थप गर्ने निर्णय गरेको हो ।

यसअघि दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अबधि २९ गते सकिँदैछ । २९ गतेबाट पुनः १५ दिन निषेधाज्ञाको अवधि थप भएको हो ।

थप अबधि सगैेँ आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ ।