अवस्था भयावह :उपचार नपाउँदा एकै दिनमा तेब्बर संख्यामा कोरोना संक्रमितको मृत्यु

May Tue 2021 06:03:35

725 views

अवस्था  भयावह  :उपचार नपाउँदा एकै दिनमा तेब्बर संख्यामा कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी कति भयावह अवस्थामा पुगेको छ भन्ने चित्र पछिल्लो तीन दिनको मृत्युको संख्याले देखाउँछ । आइतबार ८८, सोमबार १३९ जनाको मृत्यु हुँदा मंगलबार मृतक संख्या २२५ पुग्यो । मृतक संख्या तेस्रो दिनमै झण्डै  तेब्बर बढ्दा अस्पतालहरुमा अक्सिजनको हाहाकार छ भने कतिपय अस्पतालले बिरामी भर्ना लिन नसक्ने घोषणा नै गरेका छन् ।

त्यसैले कोरोना महामारीमा अझै भयावह अवस्था आउन सक्ने जनस्वास्थ्यविद्‍हरु बताउँछन् । तर महामारी यो अवस्थामा त्यत्तिकै पुगेको भने होइन ।