विश्वभर १४ करोडभन्दा धेरैले कोरोनालाई जिते, ९९.४ प्रतिशतको अवस्था सामान्य

May Sun 2021 02:04:54

579 views

विश्वभर १४ करोडभन्दा धेरैले कोरोनालाई जिते,  ९९.४ प्रतिशतको अवस्था सामान्य

काठमाण्डौ – विश्वभर अहिलेसम्म १४ करोडभन्दा धेरैले कोरोनालाई जितेका छन् । १६ करोड ३१ लाखभन्दा धेरै कोरोना संक्रमितमध्ये १४ करोड १४ लाख ६२ हजार संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

अहिलेसम्म ३३ लाख ८३ हजारको ज्यान गएको छ । अहिले विश्वभर सक्रिय संक्रमितकाे सङ्ख्या १ करोड ८३ लाख रहेको छ । सक्रिय संक्रमितमध्ये ९९ दशमलव ४ प्रतिशत अर्थात १ करोड ८२ लाखभन्दा धेरैको अवस्था सामान्य छ ।

शून्य दशमलव ६ प्रतिशत अर्थात १ लाख २ हजार ९ सय ५३ जनाको अवस्था गम्भीर छ । यस्तै नयाँ भेरियन्टसहितको कोरोना संक्रमण फैलिएका देशरुमा पनि संक्रमणदर कम हुदै गएको छ । दोस्रो लहरको संक्रमणले सबैभन्दा धेरै प्रभावित भएको भारतमा केही दिनदेखि संक्रमितको संख्यामा कमी आएको छ । 

यस्तै अमेरिका, ब्राजिल, फ्रान्स, बेलायतलगायत देशमा पनि संक्रमणको दर घट्दो क्रममा रहेको छ ।