काठमाडौंमा अब कोरोनाको संक्रमण र मृत्युदर घट्दै जाने, तर हेलचेक्रयाई गरे थप भयावह हुन सक्ने -डा. शेरबहादुर पुन

May Sat 2021 01:56:57

674 views

काठमाडौंमा अब कोरोनाको संक्रमण र मृत्युदर घट्दै जाने, तर हेलचेक्रयाई गरे थप भयावह हुन सक्ने -डा. शेरबहादुर पुन

निषेधाज्ञालालई पूर्ण पालना गर्न सके कोरोना संक्रमणको स्थिति घट्ने तर हेलचेक्य्राइँ गरे कोरोनाको सानो रहेको चक्रले पनि फेरि तहसनहस पार्न सक्ने हुँदा सबै सचेत रहन जरुरी छ ।

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले काठमाडौं उपत्यकामा यतिबेला कोरोना भाइरसको दर उच्च विन्दुमा पुगेको तर अबका दिनमा संक्रमण घट्दै जाने बताए । 

‘अहिले कोरोना संक्रमण दरलाई अधिकतम विन्दु मान्न सकिन्छ, निषेधाज्ञाअगाडि मानिसहरु मिसमास भए । भीडभाड र जमघट भयो, त्यसैले कोरोना संक्रमणको दर उच्च भएको हो ।  तर अब निषेधाज्ञा जारी छ र संक्रमण दर घट्दै जाने पुनको भनाई छ ।

 यद्यपि निषेधाज्ञालाई कडाइ नगरे अवस्था यही हुन्छ भन्न नसकिने उहाँको भनाइ छ । अहिले परीक्षण गरिएकामा औषतमा ४० देखि ४५ प्रतिशत मात्रै कोरोना संक्रमित दर रहेको उहाँको भनाइ छ । डा पुनले अहिले नेपालमा संक्रमितमध्ये २ प्रतिशतको मृत्यु हुने गरेको र संक्रमितको अनुपात यस्तै स्थिर रहेमा मृत्युदर पनि घट्न सक्ने बताए ।

निषेधाज्ञालालई पूर्ण पालना गर्न सके कोरोना संक्रमणको स्थिति घट्ने तर हेलचेक्य्राइँ गरे कोरोनाको सानो रहेको चक्रले पनि फेरि तहसनहस पार्न सक्ने हुँदा सबैलाई सचेत रहन आ्रहग गरेका छन् ।