५० अर्ब पुँजी पुर्याउने लक्ष्यका साथ हिमालयन र इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि अर्को वाणिज्य बैंक खोज्दै

May Sat 2021 11:40:48

846 views

५० अर्ब पुँजी पुर्याउने लक्ष्यका साथ हिमालयन र इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि अर्को वाणिज्य बैंक   खोज्दै

काठामाडौं । ५० अर्ब रुपैयाँ पुँजी पुर्याउने लक्ष्यका साथ नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरकै लागि फेरि अर्को वाणिज्य बैंकको तयारी गरेका छन् ।

यी दुई बैंक गाभिँदा बन्ने हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी २६ अर्ब ९६ करोड र रिजर्भ १९ अर्ब ७४ करोड हुन्छ । जसअनुसार बैंकको कोर क्यापिटल ४६ अर्ब ६९ करोड रुपैयाँ पुग्छ । जुन सञ्चालनमा रहेका बैंकहरुमा सबैभन्दा धेरै हो ।

नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुले हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज हुँदा सिभिल वा अन्य कुन सानो बैंक लिन पटक(पटक आग्रह पनि गरिरहेका छन् ।

इन्भेष्टमेन्ट र हिमालयनले असार मसान्तमै एकीकृत कारोबार गर्ने योजना बनाएर काम गरिरहेका छन् । तर, कोरोना भाइरस र निषेधाज्ञाका कारण केही ढिलो पनि हुनसक्ने देखिएको छ । मर्जपछि बन्ने बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीइओ अशोक राणा हुने समझदारी भएको छ । ज्योति पाण्डे डेपुटी सीइओ हुनेछन् ।