काठमाडौ उपत्यकाका बैंक शाखा अब सातामा एकदिन मात्रै खोल्न पाइने

May Mon 2021 08:54:28

585 views

काठमाडौ उपत्यकाका बैंक शाखा अब सातामा एकदिन मात्रै  खोल्न पाइने

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले उपत्यकाका तीन जिल्लामा बैंकको शाखा संचालनमा अझै कडाई गर्ने भएको छ । राष्ट्रबैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार काठमाण्डौ जिल्लामा वाणिज्य बैंकहरुले दैनिक रुपमा मुख्य कार्यालय र ३ वटा शाखा मात्र खोल्न पाउनेछन् । यस्तै, ललितपुरमा २ र भक्तपुरमा एउटा शाखा मात्र खोल्न पाइनेछ । 

यस्तै, विकास बैंकहरुले केन्द्रीय कार्यालय बाहेक काठमाण्डौमा २ शाखा र ललितपुर तथा भक्तपुरमा १ १ शाखा मात्र खोल्न पाउनेछन् । बित्त कम्पनीहरुले भने मुख्य कार्यालयबाहेक उपत्यकाका तीनवटै जिल्लामा एउटा शाखा मात्र खोल्न पाउनेछन् ।