अध्यादेशबाट आव २०७८/०७९ १६ खर्बको बजेटमा राहत तथा आर्थिक पुनरुत्थान प्याकेज, वृद्धभत्ता वृद्धि हुने

May Sat 2021 02:53:31

742 views

अध्यादेशबाट आव २०७८/०७९ १६ खर्बको बजेटमा राहत तथा आर्थिक पुनरुत्थान प्याकेज, वृद्धभत्ता वृद्धि हुने

काठमाडौं । जेठ १५ मा आर्थिक वर्षको बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार (शनिवार) अपराह्न ४ बजे आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक हुँदै छ । 
त्यसका लागि बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नेछ । राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्नेछन् ।

अध्यादेशबाटै आउने भए पनि अर्थमन्त्री पौडेलले पूर्ण आकारकै (१६ खर्ब रुपैयाँ हाराहारीको) बजेट प्रस्तुत गर्दै छन् । यद्यपि संसद् भंग गरिएको परिस्थितिमा अध्यादेशबाट बजेट नल्याउन कतिपय पूर्वअर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुका साथै विपक्षी दलहरुले जोड दिएका थिए ।

बजेटमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य पूर्वाधार, खोप खरिद, कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा र वैशाखमा हुने स्थानीय तहको निर्वाचन, राहत तथा आर्थिक पुनरुत्थान प्याकेज, वृद्धभत्ता वृद्धिका कार्यक्रम समेटिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।