काठमाडौं उपत्यकामा थप एक साता 'लुजडाउन' के के गर्न पाइने ?

Jun Sat 2021 10:15:51

791 views

काठमाडौं उपत्यकामा थप एक साता 'लुजडाउन' के के गर्न पाइने ?

काठमाडौं ।  गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । 

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी काठमाडौँ उपत्यकाको निषेधाज्ञाको मोडालिटीमा थोरै परिवर्तन गरेर अझै एक साता लकडाउन लम्बिने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले शुक्रबार आन्तरिक छलफल गर्दै यस्तो तयारी गरेका छन् ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालनका लागि थप सहज गर्ने उनले संकेत गरेका छन । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सिमित समय दिइएकोमा यसमा पनि थप खुकुलो गरिने बताइएको छ । 

खाद्य सामग्रीको पसल विहान ९ बजेसम्म सञ्चालन हुँदै आएकोमा अब बेलुका पनि सञ्चालन गर्न दिने गरि तयारी गरिरहेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् । 

त्यस्तै, अब विवाह ब्रतबन्धमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने आदेशमा उल्लेख छ । त्यस्तै, स्वास्थ्य सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउने उनले बताएका छन् ।

विदेश जानेहरुका लागि भने अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुले हवाई टिकट, पासपोर्ट, भिसा देखाएमा एयरपोर्ट जाने गाडी चलाउन पाइनेछ । त्यस्तै खानेपानी, तरकारी, फलफूल, दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन पनि चल्न पाउनेछन् ।