धितोपत्र बोर्डलाई सर्वोच्च अदालतको कारण देखाउ आदेश

Jun Mon 2021 08:39:17

धितोपत्र बोर्डलाई सर्वोच्च अदालतको कारण देखाउ आदेश

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सूचिका विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने जनाएको छ ।क

आइतबार भएको सुनुवाईमा न्यायाधीश डा। कुमार चुडालले निवेदकको निर्विवाद हकमा असर नपरेको भन्दै अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश जारी गरेको हो ।

रिटको सुनवाई गर्दै बोर्डले विपक्षी बोर्डलाई आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र किन अन्तरिम आदेश जारी गर्न नपर्ने हो भन्ने आधार कारण सहित पेश गर्न भनेको छ ।

‘निवेदकले अन्तरिम आदेश समेत जारी गरी पाउँ भनि गरेको निवेदन मागका सम्बन्धमा हेर्दा विपक्षी धितोपत्र बोर्डमा दर्ता रहेका विभिन्न कम्पनी समेतको विविध आर्थिक अवस्था सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरेको कार्यले निवेदक निर्विवाद हकमा असर पारेको भन्ने नदेखिँदा निवेदक माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन,’ आदेशमा भनिएको छ ।

बोर्डले गत मंगलबार सेयर बजारमा विभिन्न कम्पनीको सेयर मूल्यमा चलखेल भएको भन्दै ५१ वटा कम्पनीको सूची सार्वजिक गरेको थियो ।