सामाजिक सुरक्षा कोष र बैंकका कर्मचारीबीचको रिटको सुनुवाई पूर्ण इजलासमा हुने

Jul Sun 2021 10:01:52

789 views

सामाजिक सुरक्षा कोष र बैंकका कर्मचारीबीचको रिटको  सुनुवाई पूर्ण इजलासमा हुने

काठमाडौं । सामाजिक सुरक्षा कोष र बैंकका कर्मचारीबीचको रिटमा न्यायाधीशहरुको निर्णय नमिलेपछि सुनुवाई पूर्ण इजलासमा हुने भएको छ । कोषको ऐनका कारण बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीले खाइपाइ आएको सेवासुविधा कटौटी गरेको भन्दै बैक तथा वित्तीय संस्थाका कर्मचारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आइतबार न्यायाधीश तेजबहादुर केसीले अन्तरिम आदेश जारी गर्ने पक्षमा र बमकुमार श्रेष्ठले विपक्षमा आदेश जारीपछि न्यायाधीशहरुको कु्रा बाझिएको छ ।  गत जेठ २२ गते बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी तथा युनियनहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Cover Photo From : अर्थ पथ