दसैंका लागि नयाँ नोट असोज ०४ देखी सटही गर्न मिल्ने

Sep Thu 2021 04:01:26

दसैंका लागि नयाँ नोट असोज ०४ देखी सटही गर्न मिल्ने

बडा दसैं र हाल चलिरहेको कोरोना भाइरसको संक्रमण जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले असोज ०४ गतेबाट नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ।

नोट साट्नको लागि वाणिज्य बैंकले तोकेको शाखा कार्यालयमा जानुपर्नेछ। साथै, काठमाडौं उपत्यका बाहिरको हकमा बैंकको प्रदेशस्थित कार्यालय अथवा वणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गई नोट साट्न सकिने छ।

मुद्रा व्यवस्थापन विभागले नोट साट्न जानु अगाडि नेपाल सरकार तथा स्थानिय प्रशासनले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड तथा सामाजिक दुरी पूर्ण पालना गर्नुहुन अनुरोध गरेको छ।