१० पुनर्बीमा ब्रोकर कम्पनीलाई बीमा समितिले लाईसेन्स दियो

Aug Mon 2022 02:20:41

466 views

१० पुनर्बीमा ब्रोकर कम्पनीलाई बीमा समितिले लाईसेन्स  दियो

काठमाडौं । बीमा समितिले १० वटा पुनर्बीमा ब्रोकर कम्पनीलाई लाईसेन्स वितरण गरेको छ । पुनर्बीमा ब्रोकरको लाइसेन्स माग गर्दै समितिमा एक दर्जनभन्दा बढी कम्पनीले आवेदन दिएका थिए । जसमध्ये समितिले १० वटा कम्पनीलाई लाइसेन्स दिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।   

समितिले गत असार महिनादेखि नै कम्पनीहरूलाई लाइसेन्स दिन थालिएको पौडेलको भनाई छ । उनका अनुसार जेबी बोडा इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स, हब रि इन्स्योरेन्स ब्रोकर, एलियन्ट रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ग्लोबल इन्योरेन्स एण्ड रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ट्रष्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि, एसटिसी रिईन्स्योरेन्स ब्रोकर, शुभ रि इन्स्योरेन्स सर्भिसेज, एवान रि ईन्स्योरेन्स ब्रोकरलाई बीमा समितिबाट स्वीकृति पाएका छन् । 

बीमा समितिबाट जारी निर्देशिकामा पुनर्बीमा ब्रोकर कम्पनी सञ्चालन गर्न पाँच करोड रूपैयाँ चुक्ता पुँजी हुनुपर्ने उल्लेख छ ।