युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको कम्पनी विश्लेषण : शेयरमूल्य बढेमा ३६० रुपैयाँ पुग्ने

Aug Mon 2022 02:38:02

474 views

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको कम्पनी विश्लेषण : शेयरमूल्य बढेमा ३६० रुपैयाँ पुग्ने

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (UMHL कम्पनीको शेयरमूल्य यस साता २३ रुपैयाँ १० पैसा घटेको छ। गत साता ३१३ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर यस साता २८९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। यस अनुसार आगामी साता कम्पनीको शेयरमूल्य बढेमा ३६० रुपैयाँमा प्रतिरोधको सामना गर्नेछ। त्यसैगरी, कम्पनीको शेयरमूल्य घटेमा २४० रुपैयाँमा टेवा पाउने देखिन्छ।

कम्पनीको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यद्यपि, यस साता यी दुई बीचको दूरी साँघुरिँदै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ। आगामी साता ५ दिने इएमएले २० दिने इएमएलाई माथिबाट काटेर तल लागेमा डेड क्रशओभर बन्नेछ जसले कम्पनीको शेयरमूल्य ओरालो लाग्ने संकेत गर्दछ।

यस साता कम्पनीको शेयरमूल्यसँगै भोल्यूम पनि घटेको छ। यस साता कम्पनीको दैनिक औषतमा ९० हजार ३१९ कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै कम्पनीको २० दिने औषत भोल्यूम १ लाख ३९ हजार ६४५ कित्ता पुगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३५.३२ प्रतिशत कम हो।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड २७ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको आम्दानी घटेसँगै खुद नाफा घटेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २२ करोड ६३ लाखबाट घटेर १८ करोड १३ लाखमा सीमित भएको छ। त्यसैगरी, कम्पनीको कुल नाफा २१ करोड ७९ लाखबाट घटेर १७ करोड १४ लाखमा झरेको छ भने अन्य आम्दानी १४ लाखबाट बढेर ३ करोड ८१ लाख रुपैयाँ पुगेको छ। कम्पनीले सो अवधिसम्ममा बीमाबाट ३ करोड ६५ लाख २२ हजार रुपैयाँ क्षतिपूर्ति पाएको थियो।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ छ। कम्पनीको जगेडा कोषमा १० करोड ४५ लाख रुपैयाँ सञ्चित छ।कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ १८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ९ पैसा छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ९१.१६ गुणा रहेको छ भने मूल्य बुकभ्यालु अनुपात २.६६ गुणा रहेको छ।