Mar Wed 2020 04:18:10
नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ ।
नेप्से साताको चौथो दिन ७३ दशमलव ७८ अंकले बढेर १ हजार ४ सय २३ दशमलव ०९ बिन्दूमा पुगेको छ । साताको सुरु देखि नै निरन्तर ओरालो लागेको नेप्से चौँथो दिनमा आइपुग्दा ह्वात्तै वढेको हो ।
बुधवार नेप्से पाँच दशमलव ४७ प्रतिशतको वृद्धि भएको छ । २ अर्ब २२ करोड १० लाख ८१ हजार ६९० बराबरको कारोबार भएको छ ।
काठमाडौं । शेयर बजारमा अस्वाभाविक उतार चढाव देखिए पनि लगानीकर्ताहरु आत्तिनुपर्ने अबस्था नरहेको शेयर विश्लेषकहरु बताउँछन् ।
बजारमा २र४ पैसा नाफा भयो भने बेचिजाने र लामो समयसम्म लगानी नगर्नाले पनि बजारमा उत्तारचढाब आएको डाक्टर उत्तम अर्यालले बताए ।
सेयर बजारको भविष्य सुनौलो छ, लगानीकर्ता आत्तिनुपर्दैन : चन्द्र साउद
शेयर सस्तोमा किन्ने र महगोंमा बेच्न चलखेल भइरहेकोले पनि बजारमा अस्वाभाविक तार चढाव देखिएका मात्र हुन् ।
बजार बड्ने आधारहरु:
1.बुल रन नेपाली सेयर बजारमा 2019 को डिसेम्बर देखि नै सुरु भैसकेको हो। सामान्य लगानी कर्ता मित्रहरुलाइ यो कुरा थाहा पाउन को लागि february नै लाग्नु पर्यो। (हेर्नुस चार्ट october देखि को)
2. तीन महिना सम्ममा मार्केट 1150 को लाइन देखि 1632 को लाइनमा पुग्दा लग्भग इन राउन्ड फिगर 500 को वृद्धि भएको मान्नु पर्छ। इन्डेक्समा लगानी गर्ने प्रचलन नेपालमा नरहेको हुदा यो वृद्धि 45% माथी को हो, जम्मा तीन महिनामा।
3. कारोबार रकम हेर्ने हो भने पनि पहिले पुगनपुग 50 करोड हुने बजारमा अहिले 3 अरब त सामान्य तरिका बाटै पुग्ने गरेको छ।
4. आगामी बर्षको बजेट एकदम लोकप्रिय बजेट आउने वाला छ। तसर्थ, जेष्ठ लागेपछि सुरु हुने बजेट फ्याक्टरको असर निरन्तर चलेर श्रावण सम्म चल्दा दशै अगाडी नै लाभांश घोषणा गरेर साधारण सभा गर्ने बेला सम्ममा मार्केट अल टाइम हाइ मा पुग्ने कन्फर्म छ।( जस्ट फाइव मन्थ्स टु गो)
5. चैत 15 पछि, थर्ड quarter report आउने कुराले बजारलाई प्रभाबित गरि एस्को positive vibes बजेट आउने बेला सम्म कायम हुने देखिन्छ।