एशियाका धेरै शेयर बजारमा उछाल, नेपालको बजारमा के होला ?

Jun Sat 2020 06:35:34

एशियाका धेरै शेयर बजारमा उछाल, नेपालको बजारमा के होला ?

कोरोनाभाइरसको महामारीले विश्व अर्थतन्त्रलाई ठप्प पार्दा मार्च महिनामा यस क्षेत्रको पुँजीबजारमा ऐतिहासिक रुपमा देखिएको उथलपुुथल र अनिश्चितता पश्चात पहिलो पटक यस्तो उछाल देखिएको हो । 

लकडाउनपछि खुल्ने शेयर बजार २०० अंकले घट्ने तर होल्ड गर्न सके बुम हुन्छ, लगानीकर्ताको भाग्य चम्किन्छ

केही क्षेत्रीय इण्डेक्सहरु जस्तै: दक्षिण कोरियाको कोप्सीमा बिहीबार बजार बन्द हँुुदा ४९.४५ प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै अष्ट्रेलियाको एस एण्ड पि÷एएसएक्स २०० मा ३६.१ प्रतिशत, चीनको सांघाई कम्पोजिटमा १०.२९ प्रतिशत, हङकङको हाङसेङ इन्डेक्समा १५.२७ प्रतिशत, भारतको निफ्टीमा ३३.५२ प्रतिशत, जापानको निक्की २२५ मा ३८.७४ प्रतिशत, सिंहापुरको स्ट्रेस्ट टाइम्स इन्डेक्समा २२.५९ प्रतिशत, ताइवानको ताइएक्समा ३३.६७ प्रतिशत,र थाइल्याण्डको सेट कम्पोजिटमा ४५.६ प्रतिशतको उछाल देखिएको छ । 

यतिबेला विश्वभरका पूँजीबजारमा तीव्र सुधार आइरहेको छ । अमेरिकाकाको एसएण्ड पि ५०० मा ४२ प्रतिशत र युुरोपको स्टोक्स ६०० मा ३६.३७ प्रतिशतको वृद्धि देखिएको छ । 

विश्वभरका सरकारहरुले अर्थतन्त्रलाई पूर्नजिवित गर्नका लागि थालेका विभिन्न प्रयासहरुले विश्वका देशहरुका सेयर बजारले पुुनरागमन गरिरहेका छन् ।